site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश सरकार अहिले पनि कामचलाउ अवस्थामै छ : मुख्यमन्त्री थापा

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार अहिले पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् । राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उनले यसको लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण कार्यक्रममा सोमबार बोल्दै थापाले भने, “सरकारले अझै पूर्णता प्राप्त गरेको छैन । त्यसैले हामी कामचलाउ अवस्थामै काम गरिरहेका छौँ ।” थापाले प्रदेश सरकार जनताको सेवामा दत्तचित्त भएर कार्य गर्न अग्रसर रहेको सुनाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेशमा विपद् जोखिम कम गर्न अझ धेरै काम गर्न बाँकी रहेको भन्दै उनले स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारका तर्फबाट सहयोग निरन्तर हुने बताए । “सरकारले त्यसमा ध्यान दिएको छ । बाढी पहिरो जस्ता समस्यासँग जुध्न अझै धेरै काम हुनुपर्छ,” उनले भने ।

Damakal 21691390468.jpg

डेंगुको संक्रमण बढेसँगै आएको विपद्को लागि विभिन्न स्थानमा यसअघि सञ्चालित कोभिड अस्पतालमार्फत सेवा दिने तयारी थालिएको उनले बताए ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनको लागि ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगरपालिकाका मेयर अम्मिर मादेन र उपमेयर हिमादेवी ओझाले चाबी बुझेका छन् ।

आन्तरिक मामिला मन्त्रालयका सचिव सुरेश राउतले अत्यावश्यक केन्द्रले १४ जिल्लामा सेवा प्रदान गर्ने सरकारको योजनाअनुरुप सहयोगका कार्य अघि बढाइएको जानकारी दिए । हालसम्म १६ ठाउँमा दमकल वितरण गरिएको राउतले बताए ।

फुङलिङलाई हस्तान्तरण गरिएको दमकल रु ७३ लाख ७५ हजार र पिकअप ३७ लाखमा खरिद गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्