site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका क्लबलाई ५ करोड ३१ लाख भुक्तान गर्न बाँकी 

काठमाडौं । पुरानो बक्यौता भुक्तान गर्न भन्दै सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ध्यानाकषर्ण पत्र बुझाएका छन् ।

तीनवटा डिभिजन लिगका २६ क्लबहरूले बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिग २९७७–०७८ र २०७९–०८० को बाँकी रहेको बक्यौता समयमा भुक्तान नगरे क्लबहरूले थप कार्यक्रम गर्ने चेतावनीसहित एन्फाका महासचिव किरण राईलाई पत्र बुझाएका हुन् ।

11691133326.jpg

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

21691133258.jpg

एन्फाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका क्लबहरूलाई कुल पाँच करोड ३१ लाख ५० हजार रुपैयाँ भुक्तान गर्न बाँकी छ । एन्फाले ‘ए’ डिभिजन लिगका क्लबहरूलाई तीन करोड ४२ लाख ५० हजार, ‘बी’ एक करोड २६ लाख र ‘सी’ डिभिजन लिगका क्लबहरूलाई ६३ लाख रुपैयाँ तिर्न बाँकी छ ।

nibedan1691134117.jpg

क्लबहरूले लिगलाई आर्थिक प्राविधिक, भौतिक र व्यवस्थित रूपमा विकास गरी आर्थिक पारदर्शिता गरी आर्थिक स्रोतको ग्यारेन्टी गरेर मात्रै खेल सञ्चालन गर्नुपर्नेमा आश्वासनको आधारमा खेल सञ्चालन गरेर खेल सम्पन्न भए पनि महिनौं बित्दा पनि आर्थिक भुक्तान नगरेको बताएका छन् ।

11691134082.jpg

21691134055.jpg

31691133843.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्