site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपसभापति खड्काले भने– महामन्त्री थापाले राखेका एजेन्डा छलफलबाटै तय भएका हुन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सोमबार धारणा राखेका छन् । उनले महामन्त्री गगन थापाले राखेको एजेन्डा छलफलबाटै तय भएको बताए ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले राखेको प्रस्तावका विषयमा संस्थापन पक्षका अधिकांश केन्द्रीय सदस्यले आलोचना गरे । उनीहरुले पार्टी रुपान्तरणको मुद्दालाई सभापतिलाई हटाउने विषयसँग जोड्दै महामन्त्री थापाको आलोचनामा धेरै समय खर्च गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, सोमबारको बैठकमा उपसभापति खड्काले महामन्त्रीले राखेको प्रस्ताव उपलब्ध पदाधिकारीको छलफलबाटै तय भएको जानकारी गराएका छन् ।

“महामन्त्री गगन थापाले राखेका प्रस्ताव उपलब्ध पदाधिकारीको छलफलबाटै तय भएको जानकारी गराउन चाहन्छु,” उपसभापति खड्काले भने, “हाम्रो पार्टीको बैठक सभापतिजीले नबोलाएकै कारण ढिला भएको हो भन्ने कुरा पनि गलत हो ।”

उनले देशको परिस्थितिअनुसार सभापतिले सल्लाहमै बैठक सारेको भन्दै बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय पनि सभापतिले छलफलबाटै लिएको बताए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्