site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताएका छन् । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनले सो प्रतिक्रिया दिएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुसीको कुरा भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भ्रष्टाचार विरोधी लडाइँमा सरकार आफै सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी समेत गरे ।

श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागिरहेको उनले बताए ।

“हामीले भनेका छौँ– सरकारले त्यो लडाइँ लडनुपर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र, हामीले दिएका पनि छौं,” उनले भने, “यो सही कुरा हो । र, यो स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए सायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भइरहेको छ ।”

महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकिर गरे । यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्