site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेलमिलाप आयोगको म्याद एकपटक मात्रै थपेर टुंग्याउनुपर्छ : सांसद केसी

काठमाडौं । सांसद राजेन्द्र केसीले सत्यनिरूपण तथा मेलमिलाप आयोगको म्याद एकपटक मात्रै थपेर यसलाई टुंगो लगाउनुपर्ने बताएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमिति बैठकमा बोल्दै केसीले भने, “आयोगको अब एकपटक मात्र म्याद थप गरेर यसलाई टुंगो लगाउनुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक वर्षसम्म ढिला हुँदा उक्त आगोयको औचित्य हराउने उनले बताए । उनले भने, “मर्म मर्छ । यो संवेदनशील छ, लामो समयसम्म टुंगो नलाग्दा मर्म मर्छ भन्ने लाग्छ ।”

उनले क्षतिपूर्तिको विषयमा पनि आजको मूल्यांकन गर्ने कि के गर्ने भन्ने पहिले टुंगो लगाउनुपर्ने बताए । उनले पहिलेको मूल्यांकनको आधारमा हिसाबकिताब गर्न नहुने बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्