site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
साइबर सुरक्षामा गम्भीर भएर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौती निम्तिन सक्ने भएकाले सरोकारवाला निकायले यसलाई सिरियस भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले निर्देशित गरेको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसमक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साईबर सुरक्षाबारे नेपालमा भइरहेको कामकारबाहीबारे बिफ्रिङ गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्