site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (लाइभ)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।

बैठकमा १० एजेन्डामाथि छलफल हुनेछ । सोमबार बसेको पदाधिकारी र पूर्वापदाधिकारीको बैठकबाट १० एजेन्डा तय गरिएको थियो । 

 
यी हुन् बैठकका एजेन्डा–
१. समसामयिक विषय
२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव
३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरू अनुमोदन
४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत
५. नीति अधिवेशनसम्बन्धी प्रस्ताव
६. विभाग गठनसम्बन्धी प्रस्ताव
७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव
८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव
९. प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने
१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराउने ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्