site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री साउदको वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयंशकरबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा दुई समकक्षीबीच वार्ता भएको हो 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंककमा बिम्स्टेकका विदेशमन्त्रीहरूको दुईदिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले जनाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली समकक्षीसँगको वार्तालाई ‘फलदायी’ भनेका छन् ।

“नेपालका विदेशमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग राम्रो भेटवार्ता भएको छ । हाम्रो नेतृत्वद्वारा निर्धारित सहयोगका एजेन्डा लागु गर्न मिलेर काम गर्ने कुरामा हामीले सहमति जनाएका छौँ,’ जयशंकरले भनेका छन् ।

भेटवार्तापछि उनले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको पनि बताए ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्