site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा अपराधका घटना बढे, सबैभन्दा बढी बैंकिङ कसुर

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो ।

२०७८/७९ मा आठ हजार ९७७ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुरसम्बन्धी सात हजार १०१ मुद्दा दर्ता भएका छन् भने अभद्र व्यहारका दुई हजार ८९४ मुद्दा दर्ता भएकोे कार्कीले बताए । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा प्राप्त दुई हजार १६२ उजुरीमध्ये ६४१ को मात्रै फछ्र्यौट भएको छ ।

कार्कीले अनलाइन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरु पनि पछिल्लो समय बढ्दै गएको बताए । काठमाडौं जिल्लामा देखिएका अपराधका चुनौतीहरुलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने उनले बताए । 

कार्कीले नाकामा प्रवधियुक्त प्रणाली जडान गरी अपरान्ध नियन्त्रणतर्फ ध्यान दिने बताए ।

त्यस्तै, साइबर अपराध र अनलाइन ठगीका घटनाहरु हुन नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरिने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाडौं निर्माणको अवधारणालाई मुर्तरुप प्रदान गर्ने कार्कीले बताए ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्