site stats
बाह्रखरी :: Baahrakhari
देश
डेंगी संक्रमितको संख्या तीन हजारनजिक
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या तीन हजारनजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकानुसार जनवरीयता जुलाई १५ सम्म संक्रमितको संख्या दुई हजार ९३० पुगेको छ ।

यो अवधिमा ६६ जिल्लामा डेंगी देखिएको छ । सबैभन्दा बढी सुनसरीमा एक हजार ५७१ जना संक्रमित भएका छन् । धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या १०० भन्दा माथि छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १०७ जना संक्रमित भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत वर्षजस्तै डेंगीको अवस्था भयावह हुन नदिन आ–आफ्नो तहबाट रोकथामका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।

सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगी देखिएको थियो । त्यति बेला डेंगीका कारण ८८ जनाको मृत्यु भएको थियो । त्यो संख्या नेपालमा डेंगी सुरु (सन् २००४) भएयताकै सबैभन्दा बढी हो ।

२०२२ मा काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्