site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीभित्रको गुटबन्दीले सिंगो संगठनलाई असर गर्‍यो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबबाट मुक्त राखिने बताएका छन्  । गृह मन्त्रालयमा ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग आज भएको छलफलमा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले संविधान, कानुन र जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका संगठनलाई अगाडि बढाइने बताए । 

त्यसका लागि गृह मन्त्रालय र माहतहतका संगठनको समग्र सुधारको योजना बनिरहेको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"अनियमिततामा संलग्न राजनीतिक, प्रशासनिक वा व्यावसायिक व्यक्ति पक्राउ पर्दा सम्बन्धित क्षेत्रबाट सहयोगको सट्टा विरोध हुन थालेपछि कसलाई कारबाही गर्ने ?," उनले भने, "के गरिब र निमुखालाई मात्रै कारबाही गर्ने ? धनीलाई छुट्टै, गरिबलाई छुट्टै ऐनकानुनको अपेक्षा गर्ने ? त्यो हुँदैन ।"

प्रहरीभित्र गुटबन्दी रहेको र त्यसले सिंगो संगठनलाई असर पारेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालय त्यसलाई अन्त्य गर्न लागिपरेको बताए ।

"प्रहरी जस्तो फौजी संगठनभित्र गुटबन्दी अन्त्य हुन सक्यो भने मात्रै राजनीतिक नेतृत्वको अनियमितता, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबविरुद्ध तथा ऐन र नियमको परिधिभित्र एउटा गतिका साथ काम गर्न सकिन्छ," उनले भने । 

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्