site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता 

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले दिउँसो देउवासँग भेट गरेका हुन्। लुसँगको भेटवार्ता फलदायी भएको सभापति देउवाले जनाएका छन्। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल गर्यौं,” सभापति देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। 

नेपालमा शान्ति, लोकतन्त्र र विकासको प्रवर्द्धन गर्न प्राप्त अमेरिकी सरकार र लुको सहयोगकाप्रति उनले आभार प्रकट गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्