site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'अहिले देश विकासको आधार नै वैदेशिक रोजगारी बनेको छ'

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री भण्डारीले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिए ।

"वैदेशिक रोजगारमा जानु भनेको बाध्यता हो । नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भए पनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगत रूपमा विकासको आधार मान्नुपर्ने अवस्था छ । यो अत्यन्त दुःखदायी विषय हो," उनले भने । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्