site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्यालेष्टिनी नेता अब्बासद्वारा जेनिन शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बुधबार जेनिन शरणार्थी शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   

उनले आफ्नो भ्रमणको उद्देश्यबारे भने, “हामी एक अधिकार, एक राज्य, एक कानुन हौं भन्न यहाँ आएका छौँ। हाम्रा जनताको एकता र सुरक्षामा खलल पु¥याउने जोकोहीलाई पनि चेतावनी दिन चाहन्छौँ ।
 
अब्बासले उत्तरी वेस्ट बैंक शहरमा रहेको शिविरको एक दशकपछि पहिलो पटक भ्रमण गर्दा शिविरलाई ‘संघर्षको प्रतीक’ को रूपमा वर्णन गरे।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत हप्ता इजरायली सेनाले जेनिनमा गरेको दुई दिने कारबाहीमा १२ जना प्यालेस्टिनी र एक इजरायली सैनिकको मृत्यु भएको थियो ।

इजरायलले ‘आतंकवादको केन्द्र’ का रूपमा हेरिएको शिविरमा गरिएको आक्रमणमा सयौं सैनिकका साथै ड्रोन आक्रमण र सेनाका बुलडोजरले सडकहरू भत्काएका थिए र सयौं घरहरूमा क्षति पुर्‍याएका थिए ।

अब्बासको फताह पार्टीका उपाध्यक्ष महमुद अलौलसहित कैयौँ उच्च अधिकारीहरू छापा मार्ने बित्तिकै शिविरमा पुगेका थिए ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २३:०९
प्रतिक्रिया दिनुहोस्