site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सानिमा बैंकद्वारा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । बैंकले सानिमा दीर्घायुतलब बचत खाता अन्तर्गत उक्त रकम रकम भुक्तानी गरेको हो ।

बैंकमा खाता भएकी भूमिका आलेको दुर्घटना भई मुत्यु भएकाले उनको हकवाला क्षितिज आलेलाई १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेकी हुन् । 

आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दीर्घायुतलब बचत खाता खोलेकी थिइन् ।

सानिमा बैंकले दीर्घायुबचत तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा, तीन लाखसम्मको १३ घातक रोगहरूको उपचार बिमा, १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधि उपचार बिमा, ५० हजारको आवधिक जीवन बिमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्