site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंकको कर्मचारी हुँ भन्दै अनलाइनबाट ठगी गर्ने युवक पक्राउ

काठमाडौं । विभिन्न बैंकको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका–१ का २१ वर्षीय महमद जोजाहिद मिया रहेका छन् ।

पीडितहरूसँग फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै बैक खातासँग वालेट आइडी लिंकअप गरी खाता नवीकरण, केवाइसी फर्म अपडेट, सेक्यूर ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरिदिने भन्दै पीडितहरूकै बैक खातालगायत ओटिपी कोड समेत मागी खातामा पहुँच पुर्‍याई उनले ठगी गर्ने गरेका थिए।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्यत्र बैंक खाता तथा वालेटहरूमा ११ लाख १२ हजार ८४० रुपैयाँ रकम रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २२:२४
प्रतिक्रिया दिनुहोस्