site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अवहेलनाको मुद्दामा बालेन आफैँ उपस्थित हुनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)विरुद्धको अदालतको अवहेलना मुद्दामा उनी आफैँ उपस्थित भइ, मुद्दाको तारेख तथा अन्य कारबाही गर्न आदेश भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत असार ८ गते बालेनविरुद्ध उनको सामाजिक सञ्जालको स्टाटसका कारण उनीविरुद्ध अधिवक्ता वर्षा झाले अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन्।

उक्त मुद्दामा प्रारम्भिक सुनुवाइपछि अदालतले बालेनलाई सातदिने म्याद जारी गर्दै आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । लिखित जवाफसँगै बालेनले वारेस राखेर उक्त मुद्दाको कारबाही अगाडि बढाउन माग गर्दै निवेदन पेस गरेका थिए ।

मंगलबार संयुक्त इजलासमा उक्त निवेदनमा सुनुवाइपछि, उनलाई वारेस राखेर अवहेलनाको मुद्दा अघि बढाउन अदालतले अनुमति दिएन । यसका साथै बालेनले प्रत्येक तारिख र सुनुवाइमा आफैँ उपस्थित भएर आफ्नो प्रतिरक्षा गर्नु पर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्