site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीएनआईका पदाधिकारी र मुख्य सचिवबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र मुख्य सचिव डा. बैकुण्ठ अर्यालबीच छलफल भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ बुधबार छलफल गरेको हो ।

उक्त छलफलमा परिसंघका अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सार्वजनिक निजी साझेदारीमा नयाँ औद्योगिक क्षेत्र अगाडि बढाउनुपर्ने, जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष अग्रवालले स्वदेशी वस्तुहरूको प्रवद्र्धनका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरूले प्रयोग गर्ने उपभोग्य वस्तुहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गराउन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य तथा सीप विकासलाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह समेत गरे ।

सो अवसरमा मुख्य सचिव अर्यालले परिसंघले उठाएका विषयहरूको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने बताए । अर्यालले परिसंघले अर्थतन्त्रका लागि महत्वपूर्ण नीतिगत सुझावहरू दिदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत प्राप्त भइरहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्