site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती किनारका सुकुम्वासी बस्ती ६ महिनाभित्र खाली गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती किनारको स्थलगत अवलोकन गर्ने पनि बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने, समितिले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती ब्युटिफिकेसनको स्थलगत अवलोकन गर्ने," उनले भने ।

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्