site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
प्रतिकारात्मक तस्बिर ।

काठमाडौं । कीर्तिपुरका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका–४, दूध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज विष्टसहित चारजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १८५ रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी कीर्तिपुर नगरपालिका–१, चाँदनी चोकस्थित माइला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१, ट्याङलाफाट डेरा गरी बस्ने नवलपरासी मध्यविन्दु नगरपालिका–१५ घर भएका ३३ वर्षीय नवीन शर्मा डोटेलसहित पाँचजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ४४५ रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्