site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङ लागेर एउटै गोठका ४५ भेडा मरे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । 

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले गएराति १ बजेतिर परेको चट्याङले लागेर ४५  भेडा मरेका जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उनले भने, “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि घाइते भएका छन् ।”

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए । ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रासस

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्