site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खतिवडाले संसद्‌मा उठाए प्रदेश सरकारमाथि प्रश्न 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्‌मा प्रदेश सरकारका विषयमा प्रश्न गरिएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अघिल्लोपटकको बजेटअनुसार टेन्डर भइसकेको पुल प्रदेश सरकारले रद्द गरिदिएको भन्दै सोमबार संघीय संसद्‌मा प्रश्न उठाएका हुन् ।

“कोसी प्रदेशमा अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याएको छ,” उनले भने, “ओखलढुंगाको पहिरे भन्ने ठाउँमा टेन्डर भइसकेको पुल रद्द गरेको छ । छिटोभन्दा छिटो पुल बनाउने व्यवस्था गरियोस् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले दृष्टिविहीनलाई तत्काल ‘क’ वर्गको अपांगतामा सूचीकृत गरी उनीहरूलाई रातो कार्डको व्यवस्था गर्न पनि माग गरे ।

“दृष्टिविहीन हुनु, दुवै आँखा नदेख्नु हुनु एकदमै दुःखद अवस्था हो । तर, सरकारले दृष्टिविहीनहरूलाई ‘क’ वर्गको रातो कार्डको व्यवस्था गरेको छैन,” सांसद खतिवडाले भने, “तत्काल दृष्टिविहीनहरूलाई ‘क’ वर्गको रातो कार्डको व्यवस्थापन गरियोस् ।”

उनले सरकारका तर्फबाट तत्काल लम्पी स्किन रोगको औषधिको व्यवस्था गर्न माग गर्दै जिल्लाजिल्लामा निःशुल्क वितरणका लागि पनि सभामुखसँग ‘रुलिङ’ माग गरे ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्