site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्रीले सांसदहरूको अवमूल्यन गर्नुभयो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरूको अवमूल्यन गरेको बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले आफूले हटाएको सांसद् विकास कोष बिउँत्याएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफ्नो निर्वाचन क्षेत्रमा दिइने भनिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको पाँच करोड रुपैयाँ सम्बन्धित मन्त्रालयमार्फत सामुदायिक विद्यालयको पूर्वाधारमा विनियोगन गर्न आग्रह गरेका छन् ।

“अर्थमन्त्रीज्यूले सांसदहरूलाई पाँच करोडमा अवमूल्यन गर्नु भएको छ । मैले त चाहिँदैन भनेकै थिए भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहनु भएको छ । उहाँले माननीय सदस्यहरूलाई अपमान गरिरहनु भएको छ,” उनले भने, “संघीय संसद्का माननीयहरूको माग प्रत्येक निर्वाचन क्षेत्र र समग्र देशको सन्तुलित र समन्यायिक विकास हो भन्ने यथार्थलाई छोप्न खोज्नु भएको छ । मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रको निमित्त पूर्वाधार विकास कार्यक्रमको नाममा विनियोजन पाँच करोड बजेट सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत खर्च गर्न व्यवस्था गर्नुहुन माननीय मन्त्रीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु ।” 
 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्