site stats
बाह्रखरी :: Baahrakhari
देश
गल्छी हत्याकाण्ड  : तीनैजना आरोपी कारागार चलान

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटमा गत वैशाख २७ गते भएका हत्याको घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ ।

होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही ठाउँका विनोद थापा मगरलाई छुरा प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घटनामा संलग्न ४७ वर्षीया सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ मा बस्दै आएका किरन रानालाई पक्राउ परिएको थियो ।

धादिङ जिल्ला अदालतको जेठ २४ गतेको थुनछेक आदेशले तीनैजना आरोपीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।  

शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि मृतक विनोद थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धी गराई मानव बेचबिखन गरेको कसुर समेत लागेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्