site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुदूरपश्चिमका वीरेन्द्र बोहरा र उषा रावल च्याम्पियन 

काठमाडौं । पाटनको मंगलबजारमा सम्पन्न पाँचौँ राष्ट्रव्यापी बुदोकैदो कराँते च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशका वीरेन्द्र बोहरा र उषा रावल च्याम्पियन बनेका छन् । शुक्रबारदेखि सुरु भएको दुईदिने प्रतियोगिताको खुला तौल समूहमा बोहरा र रावल च्याम्पियन बनेका हुन् ।

यस्तै, टिममा सात स्वर्णपदकसहित कुल १५ पदक प्राप्त गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको छ । दोस्रो स्थान हासिल गरेको वाग्मती प्रदेशले ६ स्वर्णपदक जित्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

च्याम्पियनसिपमा १३ स्वर्णका लागि सातै प्रदेशका ३०० भन्दा धेरै महिला र पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ पाँच स्वर्ण र पुरुषतर्फ आठ स्वर्णका लागि स्पर्धा भएको थियोे । 

प्रतियोगितामा सुदूरपश्चिमका लागि स्वर्ण जित्नेहरूमा पुरुष खुला तौल समूहमा वीरेन्द्र बोहरा, महिला खुलातर्फ उषा रावल, पुरुष ५५ किलो तौल समूहमा प्रकाश भण्डारी, ३० किलोमा राजेश जाग्री, २५ किलोमा किरण भण्डारी, महिला ३५ किलोमा खगेश्वरी ठकुरी र महिला ४० किलो तौल समूहमा गरिमा पार्की हुन् ।

वाग्मती प्रदेशका लागि ३५ किलोमा विलप राईले स्वर्ण जित्दा ४० किलोमा अलिट गोपालीले, पुरुष ४५ किलोमा निर्जल ब्लोन, पुरुष ५० किलोमा कृष्ण लावतीले स्वर्ण जिते । यसैगरी, महिला ४५ किलोतर्फ बुना थापामगर, ५० किलोतर्फसञ्जीता तामाङले स्वर्ण जिते ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य, फुलकन्ट्याक्ट कराँतेका प्रमुख प्रशिक्षक काजीमान श्रेष्ठ र बुदोकैदो कराँते संघका अध्यक्ष वीरकृष्ण महर्जनले ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरेका थिए । ललितपुरको सुनाकोठी बुदोकैदो क्लबको आयोजनामा प्रतियोगितामा सम्पन्न भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्