site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जलहरी सुन कि पित्तलको सरकारले नभनेसम्म बैठक चल्न नदिने अडानमा एमाले

काठमाडौं । पशुपतिको जलहरीमा सुन भनेर पित्तल हालेको भन्ने आरोपविरुद्ध नेकपा (एमाले)को अवरोधपछि २० मिनेका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन ।

गत बुधबारको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी राख्दा सुनको भन्दै पित्तलको राखेर प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसदिन नियमापत्ति समेत नगरेको एमालेले शुक्रबार एकाएक बैठक अवरोध गरेका थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

माअ‍ोवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि नाराबाजी गर्दै एमाले सांसदहरुले बेल घेराउ गरेपछि सभामुखले साढे १२ बजे २० मिनेका लागि बैठक स्थगित गरका थिए ।

त्यसपछि सभामुखले सहमतिका लागि थालेको वार्ता अझै टुंगिएको छैन ।

“हामी पशुपतिको जलहरी सुनको हो कि पित्तलको भनेर नभन्दासम्म बैठक सञ्चालन गर्न दिने पक्षमा छैनौँ,” एमालेका सचेतक महेश बर्तौलाले बाह्रखरीसँग भने, “भ्रष्टाचारको आरोप मात्र नभएर करोडौँको आस्था बोकेको पशुपतिनाथको जलहरी पित्तलको हो भन्ने कुराले आस्थावान सबैमाथि शंका बढाएको छ ।”

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्