site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा पोथी हात्ती मृत फेला
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बनियानी । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ ।

आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए ।  

हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजा गरेका छन् । झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको संख्या दुई पुगेको छ । हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको  छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्