site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
फाइल तस्बिर

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । 

नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले प्रस्तुत गर्नेछन् । स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने/नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो । तर, उनको स्वास्थ्यमा सुधार आएकाले पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको कार्यालयले स्पष्ट पारिसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने 

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यसपछि राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको बैठकले  राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ ।


सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । उक्त छलफलपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्वैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०५:५४
प्रतिक्रिया दिनुहोस्