site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन : महामन्त्री थापा
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्नुपर्ने बताए । 

उनले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए कारबाही हुनुपर्ने बताए । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे । उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्वनमा पर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्वन गर्न आवश्यक रहेको उल्लेख गरे । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुनेमा उनको जोड छ । उनले पार्टीका केही नेता भ्रष्ट भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने बताए । 

“अहिले एउटा प्रकरणको बहस चलिरहेको छ । प्रकरणका बारेमा पार्टीमा बहस भयो । प्रकरणमा पार्टीका नेता मुछिनुभयो । नेता मुछिसकेपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ । अनुसन्धानबाट दोषी ठहरिन्छ भने दोषीले सजाय पाउनुपर्छ,” उनले भने, “यो आग्रह, पूर्वाग्रह होइन । केही साथीले परम्परा छैन भन्नुभयो । यदि, यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन ।” 

पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्र्रष्टाचारी हुन सक्दैन । अहिले तत्कालै पार्टीले उहाँलाई निलम्वन गरी आफूबाट अलग राख्नुपर्छ । अनुसन्धानमा कतैपनि पार्टी कतै पनि देखिनु हुँदैन । जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ ।’
 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्