site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यार्थी दिवसको कार्यक्रममा विप्लवले भने- मन्त्री भएकाहरू कौडीका भए
फाइल तस्बिर।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले मन्त्री भएकाहरु इज्जतमा नबसेर कौडीका भएको टिप्पणी गरेका छन् । 

विद्यार्थी दिवसको अवसरमा सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा अध्यक्ष विप्लवले मन्त्री भएका व्यक्तिहरु अहिले जेलको छिँडीमा रोइरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“खोतल्दै गयो भने के देखिने हो, सीमा छैन,” विप्लवले भने, “लुटेराको व्यवस्था हुन सक्दैन ।”

उनले नेपालको सत्ता जनताको सत्ता नभएको भन्दै देश रेमिटेन्सको भरमा चलिरहेको बताए ।

“रेमिटेन्समा रमाउने देश दुई कौडीको हुन्छ,” विप्लवले भने, “त्यसैले मैले हाम्रो पार्टीमा भनेको छु, आउँदो तीन वर्षमा आफ्नै कृषि गरेर खानुपर्छ ।”

उनले कोदालो खन्ने र उद्योग खोल्ने काम आफूले गर्दै गरेको बताए ।

“कोदालो खन्दै छु । उद्योग खोल्दै छु,” विप्लवले भने, “फेरि पनि जनताको हितको पक्ष्मा सहिद हुन देशमा एउटा गंगालालको आवश्यकता परेको छ ।”

उनले आफू पनि ‘भिमदत्त’ बन्न तयार रहेको भन्दै समयले माग गरे सहिद बन्न तयार रहेको बाए । कम्युनिष्टहरु एक भए कसैले हराउन नसक्ने दाबी समेत गरे ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्