site stats
बाह्रखरी :: Baahrakhari
देश
भैरहवाको तापक्रम ४० डिग्री नाघ्यो, कहाँ कति ?
काठमाडौंको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ । कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ । महाशाखाले १६ स्थानको विवरण सार्वजनिक गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महाशाखाको पछिल्लो विवरणानुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.८ डिग्री सेल्सियस छ । सिमराको ३९.६, जनकपुरको ३९.५, नेपालगन्जको ३९.४, धनगढीको ३८.५, दिपायलको ३७.४, विराटनगरको ३७.२, वीरेन्द्रनगरको ३६.२, घोराहीको ३५.७, पोखराको ३२. २, काठमाडौंको ३१.५ र धनकुटाको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस छ ।

यो हिजो (आइतबार) दिउँसो मापन गरी सार्वजनिक गरिएको विवरण हो । महाशाखाले हरेक दिन बिहान न्यूनतम र दिउँसो अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ५ डिग्री सेल्सियस छ । ताप्लेजुङको १३.५, काठमाडौंको १४.२, डडेलधुराको न्यूनतम तापक्रम १४.८ डिग्री सेल्सियस छ ।

adfkmagda1681705456.JPG

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्