site stats
बाह्रखरी :: Baahrakhari
देश
कहाँ कति गर्मी ?
जनकपुरधामस्थित गंगासागर । फाइल तस्बिर ।

काठमाडौं । देशभरको तापक्रम क्रमशः बढ्दो क्रममा छ । केही स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी छ । महाशाखाले २० स्थानको विवरण सार्वजनिक गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महाशाखाको पछिल्लो विवरणानुसार जनकपुरको अधिकतम तापक्रम सबैभन्दा बढी ३९.५ डिग्री सेल्सियस छ । नेपालगन्जको ३९, धनगढी र विराटनगरको समान ३८.३, सिमराको ३८.२, दिपायलको ३७.३, भैरहवाको ३७.२, धरानको ३७, वीरेन्द्रनगरको ३५.६, घोराहीको ३३.३, धनकुटाको अधिकतम तापक्रम ३०.८ डिग्री सेल्सियस छ । काठमाडौंको अधिकतम तापक्रम ३०.३ डिग्री सेल्सियस छ ।

यो शनिबार दिउँसो मापन गरी सार्वजनिक गरिएको विवरण हो । महाशाखाले हरेक दिन बिहान न्यूनतम र दिउँसो अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।

adsfmg1681574034.JPG

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्