site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीको बहाव घटेपछि चितवनमा ५ जनाको शव फेला 

चितवन । चितवनका नदीहरुमा पानीको बहाव क्रमश: घट्दै गएपछि पाँच जनाको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनका विभिन्‍न ठाँउहरुमा नदीले बगाएको अवस्थामा पाँच जनाका शव भेटिएका हुन् । तीमध्ये  दुई जनाको सनाखत भएको छ भने अन्य ३  जनाको सनाखत भएको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६ बस्ने  ४० वर्षीय कर्णबहादुर सुनारको सोही वडाकै झनझने भन्ने ठाउँमा शव भेटिएको छ । सुनार मंगलबार बिहान हराएका थिए । उनका आफन्तले नदी किनार वरीपरी खोजी गर्दा शव भेटिएको थियो । 

यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिको बुढी राप्ती खोलामा पनि बगाएर ल्याएको अवस्थामा म्याग्दी अर्थुग्ले गाउँपालिका वडा नम्बर ८ बस्‍ने हाल खैरहनी नगरपालिका वडा नम्बर ५ आफन्तकोमा बस्दै आएका नरबहादुर पुन रहेका छन् ।

अन्य तीन जनाको हालसम्म सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार  भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा दुई जनाको शव भेटिएको छ । उनीहरु अन्दाजी १४-१५ वर्षकी एक बालिका र एक पुरुष रहेका छन् ।

त्यसैगरी भरतपुरकै वडा नम्बर १ गैँडाचोक नारायणी तिरस्थित नदी किनारमा अन्दाजी ५० वर्षीय एक महिलाको शव भेटिएको छ । 

पाँच जनाकै शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । सनाखत हुन नसकेका तीनजना अन्य जिल्लामा भएको बाढी तथा पहिरोमा परेर बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १७:२६
प्रतिक्रिया दिनुहोस्