site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांग्रेस 

चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ ।  उनकै निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा शनिबार अपरान्ह ३ बजेर ५५ मिनेट जांँदा  निधन भएको हो । 

पाठक लामो समयदेखि अस्वस्थ थिए । उनको निधनप्रति नेपाली कांग्रेस चितवनले गहिरो दुःख व्यक्त गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पञ्चायत कालमा नेपाली कांग्रेस गीतानगर गाउँ कमिटीको संस्थापक सदस्य भई संगठन विस्तारका लागेका पाठकको निधनले सिंगो पार्टीलाई अपुरणीय  क्षती पुगेको कांग्रेस चितवनका सचिब राजिब न्यौपानेले बताए ।

संगठन विस्तारसँगै आवश्यक सूचनाहरु पार्टीलाई दिनुका साथै सक्रिय कार्यकर्ताको रुपमा  काम गर्दै आएका पाठकको पार्थिव शरीरमा कांग्रेस चितवनका सचिव न्यौपाने र नेता दिनेश कोईरालाले पार्टीको झण्डा ओढाएका थिए । 

उनको शनिबार साँझै देवघाटमा अन्त्येष्टि गरिएको छ । उनी तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोईराला, शुशील कोइरालाका समकालीनको रुपमा परिचित थिए ।

पर्वतको पाँङ्गराङ्गमा मामा वि.सं. १९८७ सालमा जन्मनुभएका पाठकका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  २२:४८
प्रतिक्रिया दिनुहोस्