site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चितवन ल्याब परीक्षण केन्द्र छनोट नपरेकोमा समाजवादी पार्टीको आपत्ति

चितवन । मेडिकल सिटी र देशकै केन्द्रमा रहेको चितवन कोरोना भाइरसको  लागि ल्याब परीक्षण केन्द्र छनोटमा नपरेको भन्दै नेपाल समाजवादी पार्टीले आपत्ति जनाएको छ । 

काठमाडौ बाहिर सबैभन्दा बढी बिरामी जाँचिने चितवनमा ल्याब परीक्षण केन्द्र नबनाइएकोमा पार्टीले सरकारलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीका जिल्ला सचिव विनोद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारले काठमाडौ लगायतका केही शहरहरुमा सुविधासम्पन्न ल्याब बनाउने निर्णय गरेको,तर चितवनजस्तो काठमाडौ पछि बिरामीको चाप बढ्ने र सबैलाई पायक पर्ने मेडिकल सिटीले परिचित जिल्लामा ल्याब ल्याउने सरकारको निर्णय नपरेकोमा पार्टीको गम्भिर ध्यानकार्षण भएको छ । ’

सरकारले गरेको निर्णय बैज्ञानिक नभएको भन्दै विज्ञप्तिमा लेखिएको छ ,‘चितवनलाई केन्द्रीय राजधानी बनाउछौ भनी जनतालाई झुटो आश्वासन दिने निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बन्न आग्रह गर्दछौं ।’

पार्टीले स्वास्थ्यजस्तो सम्वेदनशील जस्तो बिषयमा उपचारको पहुँच पुरयाउन र परिक्षणको प्रबन्ध मिलाउन समेत आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २३:१५
प्रतिक्रिया दिनुहोस्