site stats
बाह्रखरी :: Baahrakhari
देश
लकडाउनको दोस्रो दिन : चितवनमा ३० जनालाई कारबाही, २२३ सवारीसाधन नियन्त्रण

चितवन । लकडाउनको दोस्रो दिन आदेश उल्लंघन गर्ने २२३ सवारीसाधनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ३० जनालाई जनही एक हजार रुपैयाँ जरीवाना लिएर छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार १८३ मोटरसाइकल, २४ स्कुटर, कार २, म्याजिक बस १, अटो ६ , ट्रयाक्टर ३ र ट्रक २ नियन्त्रणमा लिइएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीमध्ये अटेर गरी सवारी साधन चलाउने ३० जनालाई जरीवानाको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको उनले जानकारी दिए । 

अन्यलाई सम्झाइबुझाइ घर पठाइएको छ । लकडाउन उल्लंघन गर्ने गतिविधि बढेसँगै प्रशासनले थप कडाइ गरेको छ । जसकाकारण आज चितवनका मुख्य सडक, गल्लीहरुमा मानिसको गतिविधि शून्यजस्तै देखिएको छ । 

अत्यावश्यक सेवा र पासका सवारीसाधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कनसमेत प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १९:१६
प्रतिक्रिया दिनुहोस्