site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा कोरोनाको जोखिम न्यूनीकरण गर्न आइसोलेसन वार्ड र आरआरटी टिम विस्तार 

चितवन । अत्यधिक व्यस्त मानिने केन्द्रीय अस्पतालको रुपमा परिचित चितवनको भरतपुर अस्पतालमा कोरानाको शंकास्पद तीन विरामीको परीक्षण गरिएको छ । ती विरामीमधये दुईजनाको रिपोर्ट नेगेटिभ आएको छ भने एकजनाको रिपोर्ट आउन बांँकी रहेको अस्पतालले जनाएको छ । 

भरतपुर अस्पतालमा आज बसेको नोबल कोरोना रोग रोकथाम र नियन्त्रण समन्वय समितिको बैठकपछि हालको रहेको पांँच वार्डलाई बढाएर अलग्गै ठाउंँमा १९ वटा वनाईएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले जानकारी दिए । “चितवनमा संक्रमणको उच्च जोखिमको महसुस गर्यौं,” उनले भने, “यसको पूर्वतयारीको लागि वार्ड विस्तार गरिएको हो ।” अस्पतालमा कोराना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी १४ बेडको अलग अलग क्याविन बनाइएको उनले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्पतालले नोबल कोरोना रोकथाम तथा व्यवस्थापन समितिलाई विस्तार गरी तीन जनाबाट १३ जना बनाइएको छ । “हामीले यसअघि तीन जना आरआरटी टिम थियौं,” उनले भने, “अहिले यसको संख्या बढाएर १३ जना बनाएका छौं ।” यो टिमले कोराना संक्रमणको व्यवस्थापनको साथै अस्पतालमा आएका अन्य बिरामीलाई सर्न नदिन सर्तकताको समेत काम गरिने उनको भनाइ छ । बैठकमा बिरामीलाई कसरी राख्ने र यदि कुनै बिरामी को परीक्षण पोजिटिभ आए कुन विधि अपनाउने भन्ने बिषयमा समेत बैठकमा गम्भिर छलफल भएको समेत उनले बताए । बेड बिस्तारसंँगै आइसोलेसनको लागि चाहिने प्रविधि ,गाउन, लगायतका सामाग्री सरकारसंँग माग गरिएको उनले बताए । 

त्यसैगरी आज बसेको रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सरकारले निर्देशन गरे बमोजिम जनचेतनामूलक र अन्य नियन्त्रणका कार्यक्रमहरू लाई निरन्तरता दिइने समेत निर्णय गरेको छ ।
फाइल तस्बिर ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १७:३३
प्रतिक्रिया दिनुहोस्