site stats
बाह्रखरी :: Baahrakhari
देश
भरतपुर अस्पतालमा हेमोडायलासिसको सेवा विस्तार

चितवन । भरतपुर अस्पतालले हेमोडायलासिसको सेवा विस्तार गरेको छ । दैनिक मृगौलाका बिरामीको चाप बढेपछि यसलाई विस्तार गरिएको अस्पतालले जनाएको छ । यसअघि दुई सिफ्टमा सेवा सञ्चालनमा हुँदै आए पनि सोमबारबाट ४ वटै सिफ्टमा २४ सै घण्टा सेवा सञ्चालन हुनेगरी सेवा विस्तार गरिएको हो । 

सेवा विस्तारको जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले बिरामी चाप बढ्दै गएका कारणसेवा विस्तार गरिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘अहिलेसम्म दुई सिफ्टमा डायलासिस सेवा दिइएको थियो,’’ उनले भने, ‘‘वेटिङमा बसेका बिरामीले पनि सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो ।’ उनका अनुसार हाल दुई सिफ्टमा दैनिक २० जना बिरामीले सेवा लिइरहेका छन् । अझै पनि ५० जना बिरामी डायालासिसका लागि पालो कुरेर बसेका छन् ।

सीमित जनशक्ति र श्रोत साधन भए पनि २४ सै घण्टा आलोपालो गर्ने गरी सेवा सुचारु गरिने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै हेमोडायलासिस विभागकी प्रमुख सुनिता आचार्यले डायलासिस बिरामीका लागि समय र सेवा अपुग भएकाले सेवा विस्तार गर्नुपरेको बताइन् । उनका अनुसार १२ वटा मध्ये १० वटा डायलासिस मेसिन सञ्चालनमा रहेको र २ वटा मेसिन समेत सञ्चालनमा ल्याइनेछ ।

हाल उक्त विभागमा मृगौलाका ३० जना पुरुष ३९ जना महिला बिरामीले नियमित सेवा लिइरहेको जानकारी दिइन् । विभागमा २ जना विशेषज्ञ चिकित्सक, ११ जना नर्स कार्यरत छन् भने विभागमा १४ वटा बेड क्षमता रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १६:२८
प्रतिक्रिया दिनुहोस्