site stats
बाह्रखरी :: Baahrakhari
खेल
चितवनमा प्रथम भेट्रान कप फुटबल प्रतियोगिता हुँदै

चितवन ।  चितवनमा पहिलो पटक हुन लागेको ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप २०७६’ फुटबल प्रतियोगिता सुरू हुँदैछ । असोज २ गतेबाट हुने प्रतियोगिताको सोमबार पत्रकार सम्मेल गर्दै आयोजक संस्था भेटान फुटबल क्लब चितवनले जानकारी दिएको हो । 

प्रतियोगिताको लागि आवश्यक सम्पुर्ण  तयारी  अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक बरुण बस्नेतले बताए । प्रतियोगितामा सहभागी हुने सबै टिमको टुंगो लागिसकेको छ भने खेल तालिका पनि सार्वजनिक भइसकेको छ । असोज ५ गते सम्म हुने प्रतियोगितामा नेपालका १४  र २ वटा टिम विदेशका गरी कुल १६ क्लबहरुले सहभागीता जनाउने टिम संयोजक विरेन्द्र पाण्डेले जानकारी दिए । सहभागी क्लबहरुलाई २ समुहमा बिभाजन गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समुह ‘ए’ मा आयोजक चितवन भेट्रान (निलो) सहित मकवानपुर भेट्रान हेटौंडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ, बगरभाई खलक पोखरा, टि बरगर ललितपुर, नाईट किङ्ग काठमाडौं र धरान भेटेरान क्लब गरी आठवटा  रहेका छन् । यस्तै समुह ‘बी’ मा सानो गौचरन काठमाडौं, रुपन्देही भेट्रान ११ बुटवल, बीबीसी भेट्रान बनेपा, झापा भेट्रान, चितवन भेटेरान (रातो), युथ एकेडेमी बिरगञ्‍ज, देहरादुन एफसी भारत र कैलाली भेट्रान रहेका छन् । 

प्रतियोगिताको पहिलो चरणको खेलहरु दुई दिन हुनेछ । दुबै दिन चार-चारवटा खेल हुनेछन् । सहभागी १६ मध्य ८ टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् । क्वाटरफाइनलका खेलहरु ४ गते हुनेछन् भने सेमिफाइनलको खेलहरु ५ गते र फाइनल खेल ६ गते हुने श्रेष्ठले बताए । प्रतियोगिताको पहिलो दिन आयोजक चितवन भेट्रान (निलो) र मकवानपुर भेट्रान हेटौंडा भिड्नेछन् । 

प्रतियोगिताको विजेताले नगद रु एक लाख ११ हजार एक सय ११ प्राप्त गर्ने आयोजक चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । उपविजेताले ५० हजार पाँच सय ५५ रुपैँया प्राप्त गर्नेछ । 

प्रत्येक दिनका म्यान अफ म्याचले एक हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वा्धिक गोल कर्ताले नगद पाँच-पाँच हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न लागि १० लाख खर्च हुने आयोजकको अनुमान छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १९:५४
प्रतिक्रिया दिनुहोस्